बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

सांकेतिक तस्बिर

रुपन्देही – रुपन्देहीमा बुबाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार देवदह–१० का ५१ वर्षीय प्रेमप्रसाद पुनकाे हत्या गरेको आरोपमा २७ वर्षीय छोरा दीपक पुन पक्राउ परेका हुन् । आपसी झगडामा बसेको खाटसहित छोरा दीपकले आँगनमा धकेल्दा बुबा प्रेमको ज्यान गएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्