भक्तपुर क्षेत्र नम्बर २ मा काँग्रेसीजनको चाहना, कविर राणा

भक्तपुर– कविर राणा, जो राजनीति र पत्रकारितामा चर्चित नाम हो । सानै उमेरदेखि राजनीतिमा सक्रिय राणालाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुर क्षेत्र नं २ बाट नेपाली काँग्रेसले टिकट दिने चर्चा चलेको छ । बिक्रम संवत २०३६ सालदेखि नेपाल बिद्यार्थी संघबाट राजनीतिक यात्रा शुरु गरेका राणा अविचलित रुपमा काँग्रेसको राजनीतिमा सक्रिय छन् ।

अविचलित रुपमा निष्ठाको राजनीति गर्दै आएका प्रखर तथा प्रष्ट वक्ता राणा भक्तपुर क्षेत्र नं २ बाट काँग्रेसको उपर्युक्त उम्मेदवार भएको काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरु बताउँछन् । अघिल्लो पटक नेकपा एमालेका महेश बस्नेतले जितेको उक्त क्षेत्रमा एमालेका उम्मेदवारलाई पराजित गर्न राणा उपर्युक्त उम्मेदवार हुने नेपाली काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुको बुझाई छ । झण्डै चार दशक अगाडिदेखि राजनीतिमा सक्रिय राणा पत्रकारिता क्षेत्रमा लामो अनुभव बटुलेका व्यक्ति हुन । हाल देशान्तरन्यूज डककम अनलाइन, रेडियो देशान्तर सञ्चालन र देशान्तर साप्ताहिक प्रकाशन गर्दै आएको देशान्तर मिडियाका अध्यक्ष तथा प्रधानसम्पादक समेत रहेका राणा झण्डै तीन दशक अगाडिदेखि पत्रकारिता क्षेत्रमा पनि सक्रिय व्यक्ति हुन् ।

एमकम, बीएल गरेका राणाको चालिस भन्दा बढी देशहरु घुमेका छन् । प्रष्ट वक्ता, निडर, निष्कलंक छवि भएका र जनभावनाको कदर गर्ने राणा बिक्रम संवत २०३६ सालमा नेपाल बिद्यार्थी संघ हुँदै राजनीतिमा प्रवेश गरेका हुन । उनी ३६ सालमा सानै उमेरमा नेपाल बिद्यार्थी संघको सदस्यता लिएर आदर्श माध्यमिक बिद्यालय, सानोठिमीको ईकाई सचिव हुँदै राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका छन् । देशमा प्रजातन्त्र पुनर्वहालीका लागि ३६ सालदेखि नै आन्दोलनमा होमिएका राणा २०४२ सालमा नेपाली काँग्रेसले आह्वान गरेको सत्याग्रहको क्रममा पक्राउ परी ६ महिना जेल जीवन समेत व्यतित गरेका थिए ।

२०४६ सालको पहिलो जनआन्दोलन, ६२÷६३ सालको दोस्रो जनआन्दोलनमा समेत सक्रिय भूमिका निर्वाह गरेका राणालाई भक्तपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउनुपर्ने माग भक्तपुरका स्थानीय नेता तथा कार्यकर्ताहरुले गर्दै आएका छन् । राणा बिक्रम संवत २०४९ सालमा तत्कालीन जिल्ला विकास समिति भक्तपुरको सदस्य समेत निर्वाचित भएका थिए । लोकतन्त्रका लागि संघर्ष गरेको, जनताको पक्षमा सधैं खरो बोल्ने राणा उम्मेदवार भएमा भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसलाई कुनै पनि तागतले हराउन नसक्ने निष्कर्षमा स्थानीय काँग्रेसका नेता तथा कार्यकर्ताहरु रहेका छन् । त्यसैकारण काँग्रेसको केन्द्रीय नेतृत्वसमक्ष उनीहरुले राणालाई टिकट दिन आग्रह गरिरहेका छन् । समाचारस्रोतका अनुसार यसपटक राणालाई उम्मेदवार बनाउन जिल्लादेखि केन्द्रसम्मका अधिकांश नेताहरु सकारात्मक देखिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्