घरधनीका कारण व्यापारीको व्यवसायमाथि डोजर चल्यो : नेपाल व्यापार संघका अध्यक्ष गौतम

काठमाडाैँ – नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले घरधनीका कारण व्यापारीहरु मारमा परेको बताउनुभएको छ । शुक्रवार हाम्रो विकास सहकारीले राजधानी आयोजना गरेको कार्यक्रममा बोल्दै गौतमले घरधनीले सहि सूचना नदिदा व्यापारीहरुको व्यवसायमाथि डोजर चलेको बताउनुभयो । काठमाडौँ महानगरपालिकाले अनाधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेको भएपनि घरधनीले वेवास्ता गरेको र भाडावाला व्यापारीहरुलाई जानकारी नै नदिएका कारण व्यापारीहरु मारमा परेको बताउनुभयो ।

साना तथा घरेलु व्यवसाय गरेर जीविकोपार्जन गरिरहेको व्यापारीहरुले आफ्नो लगानी गुमाउन बाध्य भएको अध्यक्ष गौतमले बताउनुभयो । महानगरले गरेको निर्णय सहि भएतापनी घरधनीहरुले भाडावाला व्यापारीहरुलाई सहि सूचना नदिदा डोजर चलेकोप्रति घोर भत्सर्ना गर्नुभयो । भाडावाला व्यापारीहरुले आवश्यक क्षतिपूर्ति पाउनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।

उहाँको जिज्ञासालाई व्याख्या गर्दै काठमाडौँ महानगरपालिका वडा नं. २२ का वडाअध्यक्ष चिनिकाजी महर्जनले यस विषयमा महानगरपालिका तथा मेयरसँग छलफल भइरहेकोले यसतर्फ महानगर सचेत रहेको प्रष्ट पार्नुभयो । घरधनीका कारण मारमा परेका व्यापारीहरुको बारेमा महानगर जिम्मेवार रहेको समेत उहाँले बताउनुभयो ।

एक फरक प्रसंगमा बोल्दै नेपाल व्यापार संघका अध्यक्ष गौतमले दशैँको समय नजिकिदैँ गर्दा अझै पनि कोरोनाको नाममा नेपाली सामान केरुङ नाकापारि रहेकोले यसतर्फ आवश्यक कदम चाल्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्