तिम्रो बारेमा गित गाउछु. . .

कविता 

तिम्रो बारेमा गित गाउछु सबैले सुन्ने गरि

माया गर्ने मान्छेले माया चिन्ने गरि

 

जिन्दगि यो रमाई रमाई बितोस यहाँ

सत्य मायाको पहिचान होस यहाँ

हामि दुईको मिलनको यो क्षणमा

मैले चिने तिम्रो दिल भित्रको माया

 

सजाएको छु मैले तिमिलाई यो दिल भित्र

सोच्ने गर्छु मैले तिमि बस्छौ मेरो मन भित्र

मन  त डुलिरहन्छ, तिमिलाई सम्झिरहन्छ

आफ्नो मन बसमा कहाँ हुदो रहेछ

 

तिम्रै बारेमा सोचेर म घुमिरहन्छु

तिमिलाई हेरेर यो मनलाई भुलाउछु

मेरो हरपलको  सम्झनामा तिमि नै देखिन्छौ

मेरो दिलमा तिमिलाई सजाई सकेको छु

 

खोजि हेर्दा मेरो मनमा तिमि नै भेटिन्छौ

यो मनमा बसेकी तिमि नै छौ

तिमि मेरो दिलकि रानि म तिम्रो राजा

जिन्दगिको साथि तिमि हर सुख , दु:खमा

 

तिमि दु:खि भएको कहाँ देख्न सक्छु मैले

नियालेर हेर प्रिय मेरा आँखामा तिमिले

तिम्रो बारेमा गित गाउछु सबैले सुन्ने गरि

माया गर्ने मान्छेले माया चिन्ने गरि

 

नाम :- गोबिन्द राज ओझा (राजन)

ठेगाना :- दिपायल सिलगढी न.पा. २ दिपायल डोटी       

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्