अनधिकृत संरचनाहरुका भाडावालहरुलाई क्षतिपूर्ति दिलाउछौँ : मेयर बालेन

काठमाडाैं – आफुहरुले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु नगरेको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बताएका छन् । ३५ दिने सूचना जारी गरेको तर सो अबधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहमा लागि कोही पनि सम्पर्कमा नआउनु भएको तितो अनुभव हामीसँग रहेकोले अनाधिकृत संरचना हटाउन थालिएको प्रष्ट पारेका छन् ।
अनधिकृत संरचनाहरुप्रतिको महानगरको अनुगमन लगायतका गतिबिधि सँधै रहने समेत उहाँले बताएका छन् । अनधिकृत संरचनाहरु नबनाइयोस्, बनाएका अनधिकृत संरचनाहरु आफैले भत्काउनुहोस् र यसका साथै त्यस्ता संरचनाहरु भाडामा लगाउने नगरियोस् भनेर उहाँले जानकारी समेत गरेका छन् ।

अनधिकृत संरचनाहरुका भाडावालहरुलाई पर्न गएको असुविधाप्रति दुख व्यक्त गरेको छ । त्यस्ता संरचनाहरु भाडामा लगाएर भाडावाललाई आर्थिक क्षति पुर्याएवापत् हुन सक्ने कानुनी कारबाही खोजी गरेर अनधिकृत संरचनाका मालिकहरुबाट क्षतिपूर्ति गराउने तर्फ महानगरले हदैसम्मको पहल गर्ने मेयर शाहले विश्वास समेत व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्