पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४९ जनाको परीक्षणमा ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये २ हजार ७५७ जनाको पीसीआर परीक्षण गर्दा ३४३ जना र २ हजार १९२ जनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा संक्रमण देखिएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २२१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१७ जना संक्रमणमुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्