विद्यालयकाे कक्षाकाेठाभित्र परीक्षा, चौरमा अध्यक्षका छाेराकाे बिहे भोज

औरही नगरपालिका ८ मा रहेको सोनामाई आधाभूत विद्यालयमा परीक्षा चलिरहेकै समयमा चौरमा बिहे भोजको आयोजना गरिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

वार्षिक परीक्षा सञ्चालन भैरहेको समयमा विद्यार्थीलाई असर पर्नेगरी चौरमा व्यवस्थापन समितिका अध्यक्ष गंगाराम यादवका छोराको बिहे भोजको आयोजना गरिएको थियो ।

वार्षिक परीक्षा सञ्चालन भैरहेको समयमा विद्यालयमा भोज भतेर गरेकोप्रति आपति जनाउँदै समाजमा भएका गलत गतिविधिलाई गलत भनेर विरोध गर्नुपर्ने स्थानीयको भनाइ छ।

यससम्बन्धमा औरही नगरपालिकाका शिक्षा समिति संयोजक धनबहादुर राईले विद्यालयकी प्रधानाध्यापक सरिता कुमारी यादवसँग आइतबार लिखित स्पष्टीकरण माग गरिएको बताउनुभयो ।

जिल्ला शिक्षा समन्वय इकाई महोत्तरीका प्रमुखशत्रुध्न प्रसाद यादवले विद्यालय समुदायको सम्पति भएकोले यसलाई संरक्षित गर्नका लागि स्थानीयले नै उचित भूमिका निर्वाह गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रमुख यादवले यस सम्बन्धमा विस्तृतमा बुझेर प्रक्रिया अगाडि बढाउने प्रतिक्रिया दिनुभयो ।

उज्यालाे अनलाइनकाे सहयाेगमा 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्