पुटिन र सी जिनपिङ बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने

काठमाडौँ – इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ बालीमा हुन लागेको जी–२० शिखर सम्मेलनको सहभागी हुने बताएका छन् ।

विडोडोले ब्लुमबर्गसँग भने, ‘सी जिनपिङ आउनुहुनेछ । राष्ट्रपति पुटिनले पनि आफू आउने बताउनुभएको छ ।’

अमेरिका र उसका पश्चिमी सहयोगी कतिपय देशहरूले रुसी नेता पुटिनले युक्रेनमा एकतर्फीरूपमा युद्ध चलाएको बताउँदै उनी सहभागी मञ्चलाई आफूहरूले बहिष्कार गर्नसक्ने बताएका थिए भने तीनै देशका केही नेताहरूले जी–२० सम्मेलनमा नगएर रुस र चीनलाई एकतर्फी आफ्ना कुरा राख्न दिन नहुने बताउँदै सम्मेलनमा सहभागिता जनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।

पछिल्लो समय अमेरिका र चीनबीच ताइवान विषयलाई लिएर तनाव बढिरहेका समय यो उच्चस्तरीय सम्मेलन हुन लागेको हो । चीन र अमेरिकाबीच व्यापार, मानव अधिकार, ताइवानलगायतका विभिन्न विषयमा द्वन्द्व हुँदै आएको छ । यसैबीच युक्रेनमा जारी युद्धले अमेरिकी नेतृत्वको पश्चिमी समूह र मस्कोबीच तनाव बढाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्