ब्रह्मानन्द जोशीका मुक्तकहरु

मेरो देश 

मेची काली फैलिएको , विशाल मेरो देश

बुद्ध भूमि, शान्तिभूमि, प्यारो मेरो देश

सगरमाथा शिर छ जसको चौरी डुल्छन् जहाँ

ईन्द्रको अलकापुरीलाई चुनौती दिन्छ, रमणीय मेरो देश।

दुई दिने चोलामा 

मरी लानु के नै छ र, दुई दिने चोलामा

रमाई रमाई जिउनु पर्छ, दुई दिने चोलामा

विचित्रको नियम छ यो प्रकृति सँग त

सँगै लिन पाईँदैन नी, धन पैसा झोलामा ।

 

जीन्दगी बन्धक भो 

रहेन पुरानो स्वतन्त्रता, जीन्दगी बन्धक भो

अङ्कुशै, अङ्कुशमा बाँच्नुपर्ने, जीन्दगी बन्धक भो

कसैले मलाई किनेर राखेजस्तो, आभाष हुन्छ अचेल

दुर्गमको जागिर , टाढाको बसाँई , जीन्दगी बन्धक भो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्