सत्ता गठबन्धनको बैठक बिहीबारका लागि बोलाइयो, के–के छन् ऐजेण्डा ?

File Photo

काठमाडौँ – सत्ता गठबन्धनको बैठक बिहीबारका लागि बोलाइएको छ । बिहान १० बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक तय भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए ।

बैठकमा सिट फाँडफाँट कार्यदलमा भएको प्रगति, गठबन्धनमा बाबुराम भट्टराई नेतृत्वको नेसपा र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई समेट्नेलगायतका विषयमा छलफल हुने बताइएको छ । सत्ता गठबन्धनबीच तालमेलको सहमति भएर कार्यदल बनेपछि भागबण्डामा छलफल हुँदै आएको छ । यहीबीचमा बिहीबार बसेको सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकमा संयोजकले सिट बाँडफाँटको मोडालिटी पेश गर्ने भनिएपनि सहमति नभएपछि बैठक निष्कर्षविहीन बनेको कार्यदल सदस्य रामसहाय यादवले जानकारी दिए । उनका अनुसार हालसम्म भएको बैठकको प्रगतिका विषयमा अब शीर्ष नेतालाई ब्रिफिङ गरेर सोही अनुसार शनिबार बैठक बस्ने सहमति भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्