दार्चुला जीप दुर्घटनामा मृत्यु हुनेमा एकै गाउँका पाँच जना (नामावली सहित)

File Photo

दार्चुला – दार्चुला जीप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा बझाङको बुङगल नगरपालिका वडा नम्बर ८ का हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेको छन् । मृतक रैभान र चम्फा श्रीमान श्रीमती हुन् ।

चालकसहित नौँ जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिका–६ उल्लानीमा गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगाका लागि छुटेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा एक महिलासहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्याल दार्चुलाले जनाएको छ ।

दुर्घटनामा परेर मालिकार्जुन गाउँपालिका–३ की ५० वर्षीया गोमती देवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन गाउँपालिका–६ की ४० वर्षीया रेवती धामी, महाकाली नगरपालिका–७ का ३५ वर्षीय रमेश लुहार, बझाङको बुङगल नगरपालिका–८ का धनबहादुर जागरी र बैतडीको डिलाशैनी गाउँपालिका–३ का प्रदिप राना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । पाँच जनाको सिट पास रहेको जीपमा १४ जना बोकेको पाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । दुर्घटनामा घाइते धनबहादुर जागरीका अनुसार गाउँबाट कामको खोजिमा हिडेका पाँच जनाको मृत्यु भएको छ । एकै गाउँका पाँच जनाको ज्यान गएपछि बुङगलमा निराशा छाएको छ । मृतक सबैको साथबाट नेपाली र भारु गरी करिब एक लाख रुपियाँ समेत फेला परेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय दार्चुलामा सडक दुर्घटनाका कारण जनधनको उच्च क्षति हुदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्