राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नु स्वागतयोग्य : पूर्व मेयर चन्द

काठमाडौँ – कञ्चनपुरको बेदकोट नगरपालिकाका पूर्व मेयर तथा नेकपा समाजवादीका नेता अशोककुमार चन्दले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नु स्वागतयोग्य निर्णय भएको बताएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता बिधेयक फिर्ता गरेको भन्दै धन्यवाद दिएका छन् । ‘महामहिम राष्ट्रपति ज्युले नागरिकता बिधेयक माथि पुनर्विचार गर्न प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ,’ चन्दले भने, ‘यो साहसिक र ऐतिहासिक निर्णयको निम्ति सलाम सम्माननिय राष्टपति ज्यु लाई हार्दिक धन्यवाद।’ । संसदले नागरिकता विधेयक पारित गरे लगत्तै चन्दले आपत्ति जनाएका थिए । ‘नागरिकता विधेयक र भारतीय हस्तक्षेप’ भन्दै चन्दले लेख समेत लेखेका थिए ।

यो पनि 

नागरिकता विधेयक र भारतीय हस्तक्षेप

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्