काँग्रेस सभापति देउवा र नेता कोइरालाबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेट भएको छ । देउवाले कोइरालालाई भेट्न बालुवाटार बोलाएपछि कोइराला भेट्न बालुवाटार पुगेका हुन् ।

देउवा र शेखरबीच कुन विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन । शेखर पक्षको बैठक चलिरहेको बेला देउवाले छलफलका लागि बोलाएका हुन् । शेखर पक्षका दोस्रो तहका नेता तथा भ्रातृ संस्थाका पूर्व पदाधिकारीहरूको बैठक आइतबार बोलाइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्