तीज नजिकिएसँगै सुनकाे मुल्यमा निरन्तर बृ्द्धि, तोलामा ५०० बढ्यो, कतिमा हु्ँदैछ कारोबार ?

काठमाडौँ – साताको पहिलो दिन सुनचाँदी महंगिएको छ । साउन २९ गते, सुन तोलामा ५०० रुपैयाँमा वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा २५ रुपैयाँले बढेको हो ।

यस दिन छापावाल सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ पुगेको छ । सुनको भाउ निरन्तर दोश्रो कारोबार दिन बढोत्तरी भएको हो । अघिल्लो कारोबार दिन, सुन तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार सुनसँगै चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । आज चाँदी तोलामा २५ रुपैयाँले महंगिदा प्रतितोला एक हजार २५० रुपैयाँमा खरिदबिक्री हुँदैछ । शुक्रबार भने चाँदीको मूल्य स्थिर रहेको थियो । त्यस दिन चाँदी प्रतितोला एक हजार २२५ रुपैयाँ कायम रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्