भारतको प्रसिद्ध शेयर ब्रोकर राकेश झुनझुनवालाको निधन

भारत – भारतको प्रसिद्ध शेयर ब्रोकर राकेश झुनझुनवालाको निधन आज बिहान निधन भएको छ । ५ हजारदेखि ४३.३९ करोडसम्मको यात्रा गर्ने भारतिय शेयर बजारका बिग बुल राकेश झुनझुनवाला ६२ वर्षको उमेरमा मृत्यु भएको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ ।

झुनझुनवाला गत साता मात्रै ‘आकासा’ एयरलाइन्सबाट उड्डयन क्षेत्रमा प्रवेश गरेका थिए। झुनझुनवाला कुनै समय शेयर बजारमा बियर थिए । सन् १९९२ मा हर्षद मेहता घोटाला पर्दाफास हुँदा उनले सर्ट सेलिंगबाट ठूलो नाफा कमाएका थिए ।

आकाशाको पहिलो व्यावसायिक उडान मुम्बईबाट अहमदाबादको लागि उडेको थियो। उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले आकाश एयरको पहिलो उडानको उद्घाटन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्