महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता, खोजी गर्दै प्रहरी

काठमाडौँ – महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटा रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले दिएको जानकारी अनुसार शुक्रबार दिउँसो एक बजे नुहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका खबर गरिएको थियो ।

किशोरी बेपत्ता भएका खबर पाउनासाथ सुरक्षा निकाय परिचालन गरिएको छ । घटनाबारे बुझ्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीसमेत घटनास्थलतर्फ पुगेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्