नेपाली राष्ट्रिय क्रिकेट टोलीको केन्या भ्रमण तालिका सार्वजनिक

File Photo

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग ५ खेलको टी–२० र ३ खेलको एकदिवसीय शृङ्खलाको तालिका सार्वजनिक भएको छ ।

नेपाल र केन्याबीच सुरुमा ५ खेलको टी–२० र त्यसपछि एकदिवसीय खेल हुनेछ । शृङ्खलाका लागि नेपाली टोली भदौ ७ मा केन्या पुग्ने तालिका रहेको छ । ५ खेलको टी–२० शृङ्खला भदौ ९ गतेदेखि १४ गतेसम्म हुनेछ । त्यस्तै ३ खेलको एकदिवसीय शृङ्खला भदौ १७ देखि २० गतेसम्म हुनेछ । यी खेल नैरोवीमा रहेकाे जीमखाना मैदानमा हुनेछन् ।

यसैबीच राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकर आज नेपाल आउँदैछन् । उनी बेलुका काठमाण्डौ आइपुग्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्