स्वास्थ्य क्षेत्रका कर्मचारीलाई बिदामा नबस्न सरकारकाे निर्देशन

सरकारले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिएको छ ।

विश्वका विभिन्न देशमा कोरोना भाइरस फैलिरहेकाले थप सतर्कता अपनाउन’पर्ने भएकाले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई अर्को आदेश नभएसम्मको लागि बिदा नबस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयले प्रसुति र किरिया बाहेकका बिदा स्वीकृत नगर्न, तर बिदा बस्नै पर्ने भए वैकल्पिक व्यवस्था गरेर मात्र बिदा स्वीकृत गराउन पनि सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

PARIPATRA

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्