महंगिले गर्दा एक झोला सामान किन्न एक झोला पैसा लिएर जानुपर्ने हुन सक्छ : चौधरी

काठमाडौँ – नेकपा एमालेकी सांसद एवं सचेतक शान्ता चौधरीले बजारमा चर्को महङ्गी बढ्दा पनि सरकार टुलुटुलु हेरेर बसेको बताएकी छन् ।
आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद चौधरीले अहिले बजार भाउ असाध्यै बढेको र बजार भाउ बढ्दा पनि सरकार रमिता हेरेर बसेको बताएकी हुन् ।

‘नेपालमा पनि एक झोला सामान किन्न एक झोला पैसा लिएर जानुपर्ने हुन सक्छ ।’ चौधरीले भनिन्, ‘धनीले त किनेर खान सक्लान् सभामुख महोदय तर, यो महङ्गी गरीवको घरमा चुल्हो नबल्ने अवस्था आउन सक्छ ।’ महङ्गीको नाममा भोकमरी आउन सक्ने उनको भनाई छ ।

चौधरीले अगाडी थपिन्, ‘यसले समाजमा अमनचयन विथोल्ने खतरा हुन सक्छ । सरकारको काम महङ्गीको साक्षी बस्ने होइन । त्यसलाई नियन्त्रण गर्ने हो । नेपाली कांग्रेस तथा गठबन्धनको खुला बजार अर्थनीति यसको प्रमुख कारण हो ।’

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्