अर्थसचिव मरासिनीको सरुवा, राजस्व सचिव पुष्करलाई अर्थसचिवको समेत जिम्मेवारी

काठमाडौं – सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव समेत रकेा पुष्करले अर्को सचिव नआइन्जेलसम्म दुबै सचिवको रुपमा काम गर्ने भएका छन् ।

बिहीबार मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयका राजस्व सचिव पुष्करलाई अर्थ सविवको समेत काम गर्ने जिम्मा दिएको हो । बैठकले अर्थ अर्थ सचिव मधुकुमार मरासिनीको प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । मरासिनी गत आइतबारदेखि अर्थ मन्त्रालयमा हाजीर नभई विदामा बसेका थिए ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्