दुई सर्जकका तीन कृति एकसाथ बिमोचन

काठमाडौँ – नेपाली साहित्य बिकाश परिषद नेपाल च्यप्टरको आयोजनामा कवि डा.सुधा श्रेष्ठको कविता संग्रह ‘’थेम्स नदीको दुई किनारा ‘’ तथा नेपाली साहित्य बिकाश परिषदका पूर्व अध्यक्ष हरिसिंह थापाको ‘’पद्मिनी’’उपन्यास एवं ‘थेम्स नदीको नागवेलीहरु’’ कविता संग्रह नेपाल प्रज्ञा प्रतिष्ठानमा बिशेष कार्यक्रमका बीच एकसाथ बिमोचन गरियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता एवं नेपाली साहित्य बिकाश परिषद नेपाल च्याप्टरका अध्यक्ष इल्या भट्टराइको सभापतित्व साथै बिशिष्ट अतिथि प्रा.डा. गोबिन्दराज भट्टराई, डा. तुलसी भट्टराई पूर्व राजदुत सुरेशचन्द्र चालिसे , डा. माधवी भट्ट , डा. देवी सुबेदी प्रा.डा. ज्ञानु पाण्डे, तथा ध्रुव सापकोटा,निमा वाङ्गेल लामा कवि गोपीकृष्ण प्रसाईं गंगा लिगलको आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रमुख अतिथी द्वारा दीप प्रज्वलन गरि औपचारिक रुपमा सुरु गरिएको उक्त कार्यक्रममा अतिथिहरुलाइ खादा मायाको चिनो लगायतले सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली साहित्य बिकाश परिषद नेपाल च्याप्टर कार्यकारिणी सदस्य एवं कवि गीता रेग्मीले स्वागत मन्तब्य ब्यक्त गरेकी छन् ।स्वागत मन्तब्यका क्रममा प्रवाशमा रहेर पनि नेपाली भाषा साहित्यको श्रीबृद्धिमा एउटा ईटा थप्ने शुभकार्यका लागि कवि डा.सुधा श्रेष्ठको लगायत हरिसिंह थापाको सृजनशील कर्मले सफलता प्राप्त गरोस् भन्ने शुभकामना ब्यक्त गरेकि छन् ।
कार्यक्रममा बिमोचित कृतिमाथि समिक्षा गर्दै नेपाली साहित्य बिकाश परिषद नेपाल च्याप्टरकि सचिव तथा अनेसास उपाध्यक्ष डा.रेणुका सोलुले रचनामा शब्द चयनको कौशलता अभिव्यक्ति शैली अनि संतुलित समन्वय र जीवन्त अभिव्यक्तिका साथै कृतिमा अभिव्यक्त मूल भाव नारी सम्बेदनशील नारा र काम बिचको भिन्नता तथा आवश्यकताको सिद्धांतलाइ प्रमुखताका साथ उजागर नै कृतिको प्रमुख बिशेषता रहेको बिचार ब्यक्त गरेकी छन् ।

नेपाली साहित्य बिकाश परिषद नेपाल च्याप्टर बिशिष्ट सम्मान रजत उत्सव पुरस्कार २०२० कोभिडको कारण स्थगित भएकोमा नेपाली भाषा साहित्य कलाका क्षेत्रमा बि़े़शिष्ट योगदान पुर्याउनु हुने स्रष्टा महानुभाव हरुलाइ कार्यक्रमका बीच पूर्व राजदूत तथा साहित्यकार प्रल्हाद कुमार प्रसाईं, नेपाली साहित्य बिकाश परिषद ( नेसाबिप) नेपाल च्याप्टर अध्यक्ष इल्या भट्टराई, नेसाबिप बरिष्ठ सल्लाहकार तथा संयोजक गोपाल पराजुली, नेसाबिप उपाध्यक्ष गोपाल प्रसाद श्रेष्ठ,नेसाबिप सल्लाहकार डा.बिष्णुबिभु घिमिरे, सल्लाहकार प्रा.डा.गोबिन्दराज भट्टाचार्य, डा. तुलसी भट्टराई , सल्लाहकार डा. माधवी भट्टराई प्रा.डा. ज्ञानु पाण्डे , देवीप्रसाद सुबेदी ध्रुव सापकोटा, बियोगी बुढाथोकी ,निमा वाङ्गेल लामा लगायत लाइ प्रदान गरिएको थियो । यसैगरि नेसाबिप साहित्य सम्मान रजत उत्सव अभिनन्दन-पत्र तथा पदक पुरस्कार २०२० बाट महासचिव हरिशरण लामिछाने, कोषाध्यक्ष मुक्ति घिमिरे, सचिव डा. रेणुका सोलु, कार्यकारिणी सदस्य ( काकास) डा.प्रभा कैनी डा. लक्ष्मण गौतम, डा. नारायण चालिसे, जयदेव भट्टराई, क़ानूनी सलाहकार कृष्ण अर्याल, काकास राजेशजंग शाह, काकास ललिता दोषी, ब्याकुल पाठक, गीता रेग्मी, नेत्र पौड्याल, भाषा साहित्य बिश्लेषक महेश पौडेल, सम्पादन मण्डल प्रबिधी सदस्य रोशन मिश्रलाइ साहित्य सम्मान रजत उत्सव अभिनन्दन-पत्र तथा पदक बिररण गरि सम्मानित गरिएको थियो सम्मानित ब्यक्तित्व हरुले चाहेको खण्डमा क्रमशः २५ हजार र २० हजार नगद लिने सुबिधा समेत ब्यवस्था मिलाइएको थियो ।

शुभकामना मन्तब्यका क्रममा कवि तथा पूर्व सैनिक सहचारी कर्णेल इन्द्र बहादुर कार्कीद्वारा नेपाली साहित्य बिकाश परिषदले भाषा साहित्यमा निरंतर क्रियाशील स्रष्टा हरुलाइ सम्मान गर्ने संस्थाको मूलभूत उद्देश्य रहेकोले यसले साहित्यिक उन्नयनमा बृद्धि हुने बिचार ब्यक्त गर्दै उपस्थित सवैलाइ न्यानो स्वागतका साथ संस्थागत गतिविधि र कार्यक्रम बारे प्रकाश पारेका छन् ।

यसैक्रममा मन्तब्यका क्रममा प्रा.डा. गोबिन्द भट्टाचार्यले मानबीय जीवनका बिबिध पक्षका भोगाइको प्रस्तुतिकरण लालित्यपूर्ण पोखिएको बताउंदै सरश भाव सहित कवितात्मक अभिब्यक्तिले कृतिको आकर्षण रहेको बताएका छन् । कार्यक्रममा मन्तब्यका क्रममा डा. तुलसी भट्टराईले साहित्यकार सर्जकहरु काब्यीक सृजनशिलताका संबाहक हुने भएकोले मनका अत्यन्त सुकिला अनि ब्यवहारमा स्पष्टता हुनुपर्ने साथै कला साहित्य समाजको निर्देशक ऐना भएको बताएका छन् ।

मन्तब्यकै क्रममा प्रा. डा. ज्ञानु पाण्डेले साहित्य कलाले तत्कालै परिणामुखि उपलब्धि दिन नसकला तर कालान्तरमा शुभ भावना र अशल कर्मका साथ अघि बढ्दा समुन्नत समाजको निर्माण गर्नमा साहित्यले ठूलो भूमिका खेल्ने कुरा ब्यक्त गरेकी छन् । समुन्नत समाजको निर्माण गर्नमा साहित्यको प्रमुख योगदान रहने कुरा ब्यक्त गरेकी छन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले आफ्नो थातथलो छाडेर प्रवाशमा रहंदा समेत माटोको सुगन्धले भरिपूर्ण कृति हरु नेपाली साहित्य आकाशमा प्रवेश हुनु सुखद उपलब्धि रहेको बताउंदै यस्ता साहित्यिक गतिविधिले सामाजिक सद्भाव उत्तरदायी भूमिकाको निर्वाह गर्दै समुन्नत समाज निर्माणमा प्रभवकारी योगदानको अपेक्षा रहेको बताएका छन् ।

कार्यक्रमका सभापति इल्या भट्टराईले सर्जकले आफ्नो अक्षरको खेतीमा उच्च शिल्पको प्रयोग गरि पाठकलाइ सुरुचिपूर्ण रुपमा प्रस्तुत गरिनु सर्जकको बिशिष्टिकृत उपलब्धि रहेको बिचार ब्यक्त गरेकी छन् ।कला साहित्य संस्कृति समाजको मार्गनिर्देशक भएकोले यसको प्रयोगलाइ हलुका रुपमा बुझ्न नहुने समेत प्रष्ठ पारेकी छन् । बरिष्ठ संचारकर्मी तथा नेपाली साहित्य बिकाश परिषदका महासचिव हरिशरण लामिछाने द्वारा संचालित उक्त कार्यक्रम सभ्य एवं भब्य रुपमा सम्पन्न गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्