भारतमा मङ्कीपक्स सङक्रमणका कारण एक युवकको ज्यान गयो, कोरोनाको अवस्था के छ ?

काठमाडौँ – भारतको दक्षिणी राज्य केरलामा मङ्कीपक्स भाइरसबाट एक जनाको ज्यान गएको छ । शनिवार ज्यान गुमाएका ती युवकलाई मङ्कीपक्स सङक्रमण पुष्टि भएको हो ।

संयुक्त अरब इमिरेट्स (यूएई) बाट केरला आएका २२ वर्षीय युवकको शनिवार ज्यान गएको र नमुना परीक्षणमा मङ्कीपक्स भाइरस भेटिएको केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जले पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मङ्कीपक्स पुष्टि भएका मृतक युवकको सम्पर्कमा आएका २० जनालाई निगरानीमा राखिएको छ । विश्वका विभिन्न देशमा मङ्कीपक्स भाइरस फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यसअघि नै स्वास्थ्य सङ्कटका रूपमा घोषणा गरिसकेको छ ।

यसैबीच भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमतिको सङ्ख्या १६ हजार ४ सय ६४ जनामा पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । देशभर १ लाख ४३ हजार ६ सय ७६ सक्रिय सङ्क्रमित छन् । कोरोना सङ्क्रमणबाट थप ३९ जनाको ज्यान गएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्