आज पनि देशभर वर्षा हुने अनुमान, भोली देखि मौसम खुल्दै जाने

काठमाडौँ – आज पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।

आज दिउँसो प्रदेश–१, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, आज राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । भोलिदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् । मनसुनको न्यून चापीय रेखा माथि अर्थात भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर हुने सम्भावना रहेको मौसमविद्को भनाई छ । केही दिनयता मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेकाले देशैभर पानी परिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्