आज देशका धेरैजसो ठाउँमा बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना

सांकेतिक तस्बिर

शुक्रबार देशका धेरैजसो ठाउँमा बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायूको प्रभावको कारण अहिले पश्चिम र मध्य क्षेत्रमा सामान्य र बाँकी क्षेत्रमा आंशिक बादल लागेको र दिउँसोपख धेरै ठाउँमा बादल लागेर केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

शुक्रबार राति पनि पश्चिम र मध्य क्षेत्रका धेरै ठाउँ र पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गको भनाइ छ । पहाडी क्षेत्रका केही ठाउँमा असिना र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

शनिबार पनि देशभर बादल लागेर पानी पर्ने र पर्सीदेखि मौसम विस्तारै खुल्दै जाने माहाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्