हाइस दुर्घटना हुँदा ५ जना घाइते

काठमाडौँ – कालिकोटमा हाईस दुर्घटना भएको छ । कालिकोटको मान्माबाट नाग्म गमगडीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाईस बिहीबार दिउँसो दुर्घटना भएको हो ।

हाईस खाडाचक्र नगरपालिका–८ सिम्ले खोला भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ५ जना घाइते भएका छन् । घटनाको पुरा विवरण भने आउन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्