गाउँपालिकाको करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेपछि कर्मचारी आन्दोलित, प्रहरीले गोली चलायो २ जना घाइते

काठमाडौँ – दैलेखको गुराँस गाउँपालिकाले करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेपछि कर्मचारीहरु आन्दोलित बनेका छन्। शुक्रबार बेलुका भएको आन्दोलनका क्रममा प्रहरीले गोली (रबर बुलेट) चलाउँदा दुई जनालाई लागेको छ।

आन्दोलनमा सहभागीहरु उग्र बनेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए। वार्ताको लागि गएका सिडिओसहित अध्यक्ष र अरू कर्मचारी नै असुरक्षित बनेपछि नेपाल प्रहरीले गोली चलाउनुपर्ने अवस्था आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रबर बुलेट चलाईएको हो, दुई जनालाई लागेको छ, आठ जना प्रहरी घाईते भएका छन्।

घाईते हुनेमा भवानीप्रसाद भट्टराई र बखत खत्री छन्। उनीहरु दुवै जनालाई गोली लागेको छ। दुवै जनाको कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको छ।

प्रहरीका अनुसार आन्दोलनमा सहभागी करार कर्मचारीले ढुंगामुढा गर्दा प्रहरीलाई लागेको थियो। घाईते प्रहरीको अवस्था सामान्य रहेको छ ।

गाउँपालिकाले साउन १ गतेदेखि करार कर्मचारीहरुको म्याद नथप्ने निर्णय गरेपछि कर्मचारीहरु आन्दोलिन बनेका हुन्। दैलेखबाट सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोईरालाको टोली वार्ताको लागि गुराँस गाउँपालिका पुगेको थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्