लामखुट्टेले टोकेर महिला विमान चालकको भएपछि . . .

काठमाडौँ – बेलायतकी एक प्रशिक्षार्थी महिला विमान चालकको लामखुट्टेले टाकेका कारण मृत्यु भएको छ ।

बुरी सेन्ट एडमन्ड्स, सफोककी २१ वर्षीया ओरियाना पेपरको गत जुलाईमा बेल्जियमको एन्टवर्पमा लामखुट्टेले टोकेको पाँच दिन पछि मृत्यु भएको हो ।
सल्फोकका वरिष्ठ कोरोनर निगेल पार्स्लीले उज्ज्वल भविष्य भएकी एक युवतीको मृत्यु अति नै दुर्भाग्यपूर्ण भएको बताए ।
उनलाई लामखुट्टेले दाहिने आँखा टोकेको थियो । टोकाइपछि उनको आँखा सुन्निएको थियो र यसमा संक्रमण भएपछि अस्पतालको इमर्जेन्सीमा लगिएको थियो ।

सफोल्ककी बासिन्दा उनलाई अस्पतालले एन्टिबायोटिक्स दिएर घर पठाएको थियो । यद्यपि, अस्पताल गएको दुई दिनपछि उनी बेहोस भएपछि उनका प्रेमीले पुनः अस्पताल लगेका थिए ।

बीबीसीका अनुसार उनको निधन जुलाई १२, २०२१ मा भएको थियो । त्यसदिन उनलाई लामखुट्टेले टोकेको पाँच दिन पुगेको थियो । त्यतिबेला अस्पतालले उनको मृत्युको कारण मस्तिष्कमा सेप्टिक एम्बोली बताएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्