‘आबेको स्वास्थ्य नाजुक छ, बचाउन हरसम्भव कोसिस गरिएको छ’ : जापानी प्रधानमन्त्री

काठमाडौं – जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको स्वास्थ्य नाजुक रहेको त्यहाँका प्रधानमन्त्री फुमिओ किशिदाले बताएका छन् । निकै भावुक अवस्थामा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री किशिदाले पूर्वप्रधानमन्त्री आबेलाई बचाउने हरसम्भव कोसिस गरिरहेको बताए ।

चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि उनी बेहोस भएको जापानका सन्चार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री फुमिओ किशिदाले यो घटनालाई बर्बरतापूर्ण आक्रमण भनेर निन्दा गरेका छन् । उनले यसलाई सहन नसक्ने पनि बताए ।

पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको घटनाको अमेरिकाले पनि निन्दा गरेको छ । यो घटनालाई नजिकबाट नियालीरहेको भन्दै ह्वाइटहाउसले शिन्जो आबेको परिवार र जापानी नागरिकको साथमा रहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्