जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

काठमाडौँ – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ।

एएफपीले स्थानीय मिडियालाई उद्धृत गर्दै पूर्वप्रधानमन्त्री आबेको छातीमा गोली प्रहार भएको उल्लेख गरेको छ। नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो। गोली लागेपछि उनी सडकमै ढलेका थिए। उनी ढलेको ठाउँमा रगत देखिएको थियो। बेहोस रहेका उनलाई उपचारका लागि अस्पताल लगिएको छ।

स्थानीय समयअनुसार बिहान साढे ११ बजे उनीमाथि गोली प्रहार भएको थियो। गोली प्रहारमा संलग्न रहेका एक जना पुरूषलाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरीलाई उद्धृत गर्दै जापान टाइम्सले लेखेको छ। आगामी आइतबार जापानको माथिल्लो सदनका लागि चुनाव हुँदैछ। सो चुनावी अभियानका दौरान उनी भाषण गरिरहेका थिए। आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री रहेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्