लटिनाथ नमुना माविको आयव्यय प्रस्तुत, खुद बचत १ करोड ३१ लाख, व्यवसायीक तालिम केन्द्रको समेत उद्घाटन

दार्चुला –  दार्चुलाको लेकम गाउँपालिका वडा नं. ५ मा अवस्थित लटिनाथ नमुना माध्यमिक विद्यालयको आर्थिक बर्ष २०७६/७७ र ०७७/०७८ को बार्षिक प्रगति तथा आयव्यय विवरण सार्वजनिक गरेको छ ।
बुधबार विद्यालयमा आयोजित औपचारिक कार्यक्रमका विच विद्यालयका प्राचार्य केशबराज विष्टले विद्यालयको आयव्यय प्रस्तुत गर्नुभएको हो । जसमा २०७६ देखि ०७८ सम्म विद्यालयको कुल आम्दानी ८ करोड ८ लाख १७ हजार ९१६ रुपैयाँ र व्यय ५ करोड ९८ लाख ९७ हजार ७५८ रुपैया रहेको छ । विद्यालयको खुद बचत १ करोड ३१ लाख २० हजार १५७ रुपैया रहेको छ ।
यसैगरी बुधबार नै व्यवसायीक तालिम केन्द्रको उद्घाटन समेत गरिएको छ । जापानी राजदुताबासको सहयोगमा निर्माण भएको चार सय व्यक्ति अटाउने व्यवसायीक तालिक केन्द्रको उद्घाटन गरिएको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयदेब बिष्ट तथा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष माधवी जोशी र निर्वतमान गाउँपालिका अध्यक्ष परमानन्द जोशीको विशिष्ट आतिथ्यतामा आयोजित कार्यक्रममा ६ वटै वडाका वडाध्यक्षसहित अन्य जनप्रतिनिधि, कर्मचारी, विभिन्न विद्यालयका प्रधानाद्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै विद्यालयका निवर्तमान व्यवस्थापन समिति अध्यक्ष परमानन्द जोशीले आगामी दिनमा विद्यालयको विकासमा योगदान पुर्‍याउने प्रतिवद्धता जनाउनुभयो ।
यस्तै विशिष्ट अतिथि माधवी जोशी र प्रमुख अतिथि रामदत्त जोशीले गाउँपालिकाबाट विद्यालयसंग सहयोग र सहकार्य हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै गाउँपालिकाबाट विनियोजित बजेटमा शिक्षालाई प्राथमिकतामा राखेको समेत प्रष्ट पार्नुभयो ।
कक्षा १२ सम्म सञ्चालित लटिनाथ नमुना माबिमा विभिन्न छ वटा प्राविधिक कार्यक्रमहरुको समेत पठनपाठन हुदै आएको छ । विद्यालयले पढ्दै कमाउदै कार्यक्रम अन्तरगत यो बर्ष केही विद्यार्थीलाई बाख्रा र माहुरी बितरण गरेको र आगामी दिनमा विभिन्न आयआर्जन र समाजसेवाका कार्यक्रम तथा योजनाहरु सञ्चालन गर्ने तयारी रहेको विद्यालयले जनाएको छ ।
प्राचार्य बिष्टले भौतिक पुर्वाधारको क्षेत्रमा धेरै काम भएको बताउदै उहाँले अब विद्यालय प्रशासनको ध्यान शैक्षिक गुणस्तर सुधार र अनुशासन कायम गर्न प्रतिबद्ध रहेको प्रष्ट पार्नुभयो ।
व्यवसायीक तालिम केन्द्रको निर्माण गर्ने गोकुलेश्वर निर्माण सेवा तथा निर्माण व्यवसायी जनार्दन बिष्टलाई छोटो समयमै गुणस्तरीय तालिम हल निर्माण सम्पन्न गरेको भन्दै सम्मानित समेत गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य सहायक प्राचार्य महेशराज जोशीले राख्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्