दार्चुलामा एक युवक तुइनबाट खसेर महाकालीमा बेपत्ता, खोजी कार्य जारी

सांकेतिक तस्विर

दार्चुला – दार्चुलामा तुइनबाट खसेर एक युवक बेपत्ता भएका छन् ।

ब्याँस गाउँपालिका–२ मालघाट स्थित तुइनबाट महाकाली नदीमा खसेर एक बालक बेपत्ता भएका हुन् । ब्याँस गाउँपालिका–२ घर भएका १९ वर्षिय सचिन बुढाथोकी भारतबाट नेपाल घर जाने क्रममा तुइन टुटेर महाकाली नदीमा परी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

महाकाली नदीमा खसेर बेपत्ता भएका युवकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्