चन्द्रागिरी केबुलकारमा समस्या आउदा ४ सय जना अलपत्र, प्रहरीद्वारा उद्दार, राष्ट्रियसभा अध्यक्ष पनि बीचमै अलपत्र

काठमाडौं  – चन्द्रागिरिमा बुधबार दिउँसो पौने २ बजेदेखि केबलकार बिग्रिएपछि चार सय जना मानिस डाँडामा अलपत्र परेका छन् । साँझसम्म केबलकार सञ्चालन आउन नसकेपछि नेपाल प्रहरीले उनीहरुलाई उद्धार गरिरहेको छ ।

टावर नं. ४ मा समस्या देखिएपछि दिउँसो पौने २ बजे राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिनासहित उनको परिवार पनि बीचमै अलपत्र परेको थियो । २८ केबलकार बीचमै रोकिएका थिए । त्यतिबेला १२० जनालाई तानेर उद्धार गरिएको थियो । गाडीमार्फत उनीहरुलाई ओसार्ने काम भइरेको छ । उद्धारका लागि प्रहरी वृत्त, कीर्तिपुरका डीएसपी पुरुषोत्तम पाण्डे, थानकोट प्रहरीका प्रहरी निरीक्षक लीला आचार्यलगायत ४० जना प्रहरीको टोली चन्द्रागिरि डाँडामा मात्रै खटिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्