काँग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं – समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिका साथै आगामी २७ गते बोलाइएको केन्द्रीय समिति बैठकका एजेण्डाका विषयमा छलफल हुने छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा स्थानीय तहको समीक्षा र भ्रातृ तथा शुभेच्छुक संस्थाका विधान लगायतका विषयमा पनि छलफल हुने जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्