नेपाली काँग्रेस भद्रगोल बन्दै, २८ वटै विभाग खाली

काठमाडौं – देशको सत्ता सम्हालेको दल नेपाली काँग्रेस आफैँ भने भद्रगोल बन्दै गएको छ । १४औँ महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत काँग्रेस नेतृत्व विधानअनुसार अघि बढ्न सकेको छैन । काँग्रेसले गत मङ्सिरमा नयाँ नेतृत्व चुनेको थियो ।

१४औँ महाधिवेशनबाट निर्वाचित बनेका सभापति शेरबहादुर देउवाले पार्टी विधानमा उल्लेख भएअनुसार ६ महिनाभित्र विभाग गठन गर्नुपर्नेमा सो समय नाघ्दासमेत त्यतातर्फ ध्यान दिएका छैनन् । सभापतिले विधान मिचेको भन्दै पार्टीभित्रै उनको आलोचना भएको छ । विभाग खाली भएकाले कैयौँ नेताले पार्टीभित्र ‘बिजनेस’ पाउन सकेका छैनन् ।

काँग्रेस विधानको धारा ६० मा ‘पार्टीको सबै तहमा गठन गर्ने भनिएका विभाग–समिति–विभिन्न निकाय महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्नेछ,’ भन्ने उल्लेख छ । काँग्रेस विधानको धारा ३७ मा २८ विभाग रहने उल्लेख छ । केन्द्रमा रहने ती विभागमा केन्द्रीय कार्यसमितिका सदस्य प्रमुख रहने वैधानिक व्यवस्था छ । आजको राजधानी दैनिकमा समाचार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्