एसएसपी बढुवामा ढिलाइ, जूनियर टोलीहरूबाट बढुवाको लागि शक्तिकेन्द्रको चर्को दवाव

काठमाडौं – नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) हरु वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा ढिलाइ भएको छ । बढुवा समय भएतापनि विभिन्न स्वार्थका कारण ढिलाई भएको छ । चर्को दवाव र बढुवा हुन चाहने जूनियर ब्याचका एसपीहरुले चलखेल गरेपछि तनावको अवस्था सिर्जना भएको छ ।
नेपाल प्रहरीका ३२ जना एसपीहरुको एसएसपीमा बढुवा गर्नुपर्ने छ । जुनियर एसपीहरुले पालो मिचेर अगाडि जान खोजेपछि सिनियर एसपीहरु एसएसपीमा उक्लिन समय अझै केही दिन लम्बिदै जाने हो कि भन्ने आशंका समेत उठेको छ । २०५६ सालमा इन्सपेक्टर भर्ना भएर २०७५ जेठमा एसपी भएका एसपीहरु विभिन्न शक्तिकेन्द्र मार्फत् दबाब दिएर बढुवा हुने लविङमा लागेपछि बढुवा पेचिलो बनेको छ ।

२०५१ सालमा सेवा प्रवेश गरेका दिल्लीराज विष्ट र गणेश चन्द पनि बढुवाको स्वाभाविक अग्र लाइनमा छन् । बरिष्ठताका आधरमा पहिलो नम्बरमा दिल्लीराज विष्ट र दोस्रो नम्बरमा गणेश चन्द रहेका छन्। एसपी विष्ट २०७२ सालमा एसपीमा बढुवा भएका र चन्द २०७४ सालमा बढुवा भएका हुन्।
यसैगरी २०५३ सालमा नियुक्त भई राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोलीदेखि २०५४ र २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएको टोली बढुवाको प्रतिस्पर्धामा छन । २०५१ सालमा, २०५३ सालमा र २०५४ मा इन्सपेक्टर भएर २०७४ मा एसपी भएकाहरुलाई बढुवा गर्ने पक्षमा गृहमन्त्रालय रहेको छ ।

एसपी दिल्ली विष्ट प्रहरी निरीक्षकमा २०५१ सालमा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए भने २०७२ सालमा एसपीमा बढुवा भएका थिए । यसैगरी एसपी गणेश चन्द लगायत अन्य सबै प्रतिस्पर्धी एसपीहरु २०७४ सालमा एसपी पदमा बढुवा भएका थिए।
बढुवा हुन लागेका मध्ये एसपी विष्ट र चन्द बाहेक सिद्धिविक्रम शाह, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, उमाप्रसाद चतुर्वेदी, ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालयकुमार श्रेष्ठ, सञ्जीव शर्मा दास, विमल बस्नेत, मनोज यादव र दिलिपसिंह देउवा राष्ट्रिय अनुसन्धानको टोलीमा सेवा प्रवेश गरेका थिए भने २०७४ सालमा बढुवा भएका थिए ।
त्यसैगरी एसपीहरु राजन अधिकारी, ईश्वर कार्की, मनोजकुमार केसी, रेवती ढकाल, दानबहादुर कार्की, दिनेशकुमार आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्ट, मनोजकुमार यादव, किसनसिंह थापा, गोविन्द थपलिया, सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, जीवनकुमार श्रेष्ठ, दीपक रेग्मी, दीपककुमार बस्नेत, जयराज सापकोटा, शारदाप्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, रामेश्वरप्रसाद यादव, दिलीपसिंह देउवा, सञ्जिव शर्मा दास बढुवाको प्रतिस्पर्धामा छन् ।
जसमध्ये मनोजकुमार यादव, विनोद घिमिरे, जयराम सापकोटा, शारदाप्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, रामेश्वर यादव, दिलीपसिंह देउवा र सञ्जिव शर्मा दास पनि राष्ट्रिय अनुसन्धान विभागबाटै आएका हुन् ।
२०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएर २०७५ जेठमा एसपी भएकाहरुमध्ये केही भने अहिले नै आफूहरु बढुवा हुनुपर्ने चर्को दवावमा लागेपछि बढुवा पेचिलो बनेको छ ।

प्रहरी संगठन भित्र मौलाएको यस्तो अस्वस्थ प्रतिस्पर्धाले प्रहरी संगठन निकै कमजोर हुँदै गएको देखिन्छ । स्वतन्त्र निर्णय गर्न नसक्ने स्थिति सिर्जना भएकोले सरुवा वढुवाका नियमित प्रक्रियाहरु अन्योलमा पर्दै आएका छन् । समयमै बढुवा हुन नसक्दा प्रहरी कर्मचारीहरुको मनोबल कमजोर हुँदै गएको छ ।
प्रहरी कर्मचारीहरु शक्ति केन्द्रहरूमा दिनहुँ धाउने क्रम जारी रहेको छ । २०५१ सालमा प्रहरी निरीक्षकमा नियुक्ति भएका र २०५६ सालमा नियुक्ति भएकाहरू सँगै बढुवा हुँदा ज्येष्ठ कर्मचारीहरुको वृति विकासमा कस्तो असर पर्छ ? प्रहरी संगठनले आम जनमानसमा समयमै सकारात्मक सन्देश दिने उद्देश्यले पनि गम्भीर रुपमा सोच्नु जरुरी छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्