लाेक सेवा आयाेगले माग्याे ठुलाे संख्यामा खरिदार

लाेक सेवा आयाेगले ठुलाे सङ्ख्यामा राजपत्र अन‌कित द्वितिय श्रेणी अप्राविधिक खरिदार माग गरेकाे छ ।

विज्ञापन अनुसार चैत्र १८ गतेसम्म आवेदन दर्ताको समय तोकिएको छ । दोव्वर दस्तुर तिरेर चैत्र २५ गतेसम्म फर्म भर्न सकिने आयोगले जनाएको छ । जसका लागि प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर तीनसय तोकिएको छ ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी वा सो सरह उत्तीर्ण भएकाले आवेदन दर्ता गर्न सक्नेछन् । तर एसएलसी ग्रेडिङ सिस्टमबाट प्रवेशिका परीक्षा दिएका व्यक्तिले २ जीपीए भन्दा कम अंक ल्याएको भएमा आवेदन फर्म भर्न नपाउने आयोगले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्