आज बस्ने प्रतिनिधिसभामा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौँ – प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी शर्मा ओलीले आज बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले अध्यक्ष ओलीले आज दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका हुन् ।

सम्बोधनका लागि समय माग गरिएको छ । ओलीले संसदमा समसामयिक विषयमा धारणा राख्ने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । एमालेले महंगी, भ्रष्टाचार, मल अभावका विषयमा सरकारको विरोध गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्