क्यान्टिनकी कर्मचारी मृत भेटिएपछि बानेश्वर क्षेत्र तनावग्रस्त – भिडियो

काठमाडौं – काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत कर्मचारी मृत भेटिएपछि स्कुलको वातावरण केही समय अशान्त बनेको छ ।

काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेकी थिइन् । रमाका आफन्त बिहान आइपुगेका छन् । उनीहरूले घटनाको स्वतन्त्र छानबिन गर्न माग गरेका छन् । आफन्तले रमाको शव हेर्न नदिएको भन्दै आक्रोश पोखेका थिए ।

छानबिन गर्न माग गरिरहेका बेला स्कुल प्रशासनले मिल्न भनेपछि आफन्तहरू थप आक्रोशित भएका हुन् । अहिले भने स्कुलको वातावरण शान्त रहेको प्रहरीले बताएको छ । मृतक रायमाझी त्यहाँ डेढ वर्षदेखि कार्यरत थिइन् । उनको हत्या भएको आशंका गर्दै आफन्तले शव उठाउन दिएका छैनन् । रातिदेखि अहिले बिहानसम्म पनि त्यहाँ आफन्त र स्थानीयको भिडभाड छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्