केएमसीको क्यान्टिनमा मृत्युभएकी किशोरीको हत्या भएको हो ? आफन्त के भन्छन् ? – भिडियो

काठमाडौं – बुद्धनगरस्थित काठमाण्डौ मोडेल स्कूल (केएमसी) मा एक युवती झुण्डिएको अवस्थामा भेटिएकी छिन् । घटनाको प्रकृति हेर्दा घटना रहस्यमय देखिन्छ ।
काभ्रे जिल्ला तेमाल गाउँपालिका ८ मेच्छे स्थायी घर भएकि २१ बर्षिया रमा रायमाझी झुण्डिएको अवस्थामा भेटिएको हो । उनी काठमाण्डौ मोडेल स्कूल को क्यान्टिनमा कार्यरत थिइन । शनिवार बेलुकि स्कूल भित्र होस्टेलको बेडमा झुन्डिएको अवस्थामा फेला पारेको थियो ।
घटनाको प्रकृति हेर्दा उक्त युवतीको आत्महत्या नभई हत्या भएको आशंका गरिएको छ । भुइमा खुट्टा टेकिएको र छेउको कपडा पनि खुम्चिएकोले हत्या भएको हुनसक्ने मृतकमा आफन्तले बताएका छन ।
युवती विगत छ वर्ष देखि यसै विद्यालयको क्यान्टिनमा कार्यरत रहेको र शनिवार बेलुका ७ : ३० बजेसम्म कोठामा नपुगेपछी आफ्न्तले खोजि गरेका थिए । मृतकको फोन नउठेपछी उनको साथिलाइ कल गर्दा पनि नउठेको र खोजी गर्दा मृत अवस्थामा भेटिएको मृतककी बहिनी रविना रायमाझीले बताइन । घटना भैसकेपछी बिद्यालयले गल्स होस्टलको विद्यार्थी ब्वाइज होस्टलमा सारेको छ । विद्यालय प्रशासन भने कोहि देखा नपरेको मृतककी मामा समीर केसिले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्