माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै

File Photo

काठमाडाैं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । आइतबार बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने गरी बैठक बोलाइएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

बैठकमा पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो चयन र कार्यविभाजन लगायत विषयमा छलफल हुनेछ । यसैगरी वैशाख ३० मा भएको स्थानीय चुनावको समीक्षा पनि हुनेछ ।
माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अध्यक्ष मात्रै चयन गरेको थियो भने अरु पदाधिकारी चयन भएका थिएनन् । अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन भएका थिए ।
पदाधिकारीअन्तर्गत वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष चयन हुन बाँकी छ । माओवादीमा मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य चयन गर्न पनि बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्