सिनामंगल नेगर सेवा समाजको सक्रियतामा पेप्सिकोलाको राष्ट्रसेवा उद्यानमा वृक्षारोपण सम्पन्न – भिडियो

काठमाडौँ – राष्ट्रिय वृक्षारोपण दिवस २०७९ विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवस असार १४ गते भएतापनि दिवसको अवसरमा बृक्षारोपणका कार्यत्रमलाई भने निरन्तरता दिएको छ । जस अनुरुप शनिवार वन तथा भू–संरक्षण विभागको आयोजना तथा नागेश्वर टोल सुधार सेवा समिति सिनामंगल नगर सेवा समाज काठमाडौ महानगरपालिका वडा नं. ३२ प्लानिङ क्षेत्रको समन्वयमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । बन तथा भू संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसी, वडा नं. ३२ का वडाध्यक्ष नवराज पराजुली, सिनामंगल नगर सेवा समाजका अध्यक्ष विजय राज पौड्याल लगायत अन्य सरोकारवाला व्यक्ति लगायत स्थानीयको सहभागितामा बृक्षारोपण गरिएको छ ।
वन तथा भूसंरक्षण विभागले निशुल्क रुपमा बाह्रै महिना फूल्ने फूलका विरुवा दिएको थियो सो विरुवालाई शनिवार बृक्षारोपण गरिएको हो । महानिर्देशक डा. केसी तथा वडा अध्यक्ष नवराज पराजुलीले विरुवा रोपेर बृक्षारोपणको सुरुवात गरेको थियो । त्यसपश्चात उपस्थित सम्पूर्णले फुलका विरुवा रोपेर बृक्षारोपण गरेका थिए ।
बृक्षारोपण कार्यक्रममा उपहार खबरसँग कुराकानी गर्दै महानिर्देशक डा. राजेन्द्र केसीले बृक्षारोपण दिवसलाई देशव्यापी रुपमा बृक्षारोपण गरि मनाइएको बताउनुभयो । उहाँले काठमाडौ उपत्यकामा बन डिभिजनबाट समन्वय हुने र उपत्यका बाहिरको तुलनामा विभिन्न समुहहरुबाट माग भई आई सोहि बमोजिम बृक्षारोपणका लागि विरुवा उपलब्ध गराउने बताउनुभयो । यसैगरी उपत्यकाका विभिन्न ठाउँमा बृक्षारोपण भएको र अझै निरन्तरता दिइरहेको बताउनभयो ।

काठमाडौ महानगरपालिका वडा नं. ३२ का वडा अध्यक्ष नवराज पराजुलीले सौन्दर्यीकरणका लागि वडाले बृक्षारोपण तथा सरसफाईका कार्यक्रमलाई निरन्तरता दिएको र नदि किनारका खाली जग्गाहरुमा पनि बृक्षारोपण गरि हरियाली बनाउने बताउनुभयो ।

सिनामंगल नगर सेवा समाजका अध्यक्ष विजय राज पौड्यालले ६ वटा ब्लक तथा गार्डेनहरुको संक्षरण गरिरहेको बताउनुभयो । बृक्षारोपण गर्नुका साथै सूर्यमुखी गार्डेनमा खुला जीम स्थापना गरेको बताउनुभयो । यसैगरी अन्य ब्लकहरुमा पनि खुला जीम स्थापना गरिने भएको छ । प्राविधिक मूल्यांकन गरि जीम स्थापनाका लागि स्थानीय सँग सहकार्य भइरहेको र छिट्टै जीम सेन्टर स्थापना हुने समेत अध्यक्ष पौड्यालले बताउनुभयो ।

पेप्सिकोला प्लानिङ क्षेत्रका ६ वटै खुला क्षेत्रलाई हरियाली क्षेत्रको रुपमा विकास गरिने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्