नेपालको प्रतिनिधित्व गर्दै डा.रेणुका सोलु अनेसासको उपाध्यक्षमा भिड्दै

-जयराम बिडारी

काठमाण्डौ – नेपाली साहित्यलाइ बिश्व बजारमा परिचित गराउने उद्देश्य ले सन १९९१ मा गठन गरिएको अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज (अनेसास) को आसन्न निर्वाचनमाा नेपालको प्रतिनिधित्व गर्दै रेणुका सोलुका नामलेा नेपालीा साहित्याकाशमा परिचित डा. रेणुका बस्नेत थापाले उपाध्यक्ष पदमा दाबेदारीको घोषणा गरेकीछन् ।

अनेसासको नेपाल च्याप्टरमा सदस्य, उपाध्यक्ष, हुंदै केन्द्रीय सदस्यका रुपमा संस्थालाइ पुर्याएको योगदानको सहि मुल्यांकन गर्दै योग्य मानिस सहि ठाउंमा पुग्दा त्यसको प्रतिफल समग्रतामा नेपाली भाषा साहित्यले अन्तर्राष्ट्रीय रुपमा प्रशार र बिस्तार हुने मौका पाउनेछ भन्दै शब्दमा ब्यक्त गरिएका प्रतिबद्धता ब्यवहारमा नतिजा सहित प्रमाणित गर्ने अवशर प्राप्तिका लागि सम्पूर्ण साहित्यिक मनहरुमा सबिनय अनुरोध गरेकी छन् ।

अमेरिकामा मुख्यालय रहेको अनेसासको निर्वाचन प्रकृया मा संशार भरी छरिएर रहेका नेपाली लेखक साहित्यकारहरु लाइ एक सुत्रमा गांस्ने अनि नेतृत्व चयनकर्ता हरुका लागि कुम्भ मेलाको रुपमा हेर्ने गरिन्छ । नेपाली भाषा साहित्यको विकाश

र प्रवर्द्वनका लागि अनेसासले ठूलो योगदान पुर्याउंदै आएको भएपनि नेपालमा रहेको केन्द्रीय सचिवालयलाइ ब्यवस्थित रुपमा संचालन गर्नका लागि यसको आफ्नै भौतिक संरचना हुनु जरुरी रहेको यथार्थता लाइ सार्थकता दिनुका साथै नेपाली भाषा साहित्यलाइ बिश्वबजारमा सहज पहुंच पुर्याउन नेतृत्वदायी भूमिका निभाउनका लागि आवश्यक पहल गर्दै नेपाल प्रज्ञा प्रतिष्ठान र अनेसाससको समन्वयले नेपाली साहित्यकारका उत्कृष्ट कृतिहरुलाइ बिभिन्न भाषामा अनुवाद गर्दै नेपाली साहित्यलाइ बिश्व बजारमा पुर्याउन र ब्यवसस्थित गर्नु नै आफ्नो एकमात्र उद्देश्य रहेको बताउंदै त्यसका निमित्त सक्रिय क्रियाशिल रहने बचनबद्धता ब्यक्त गरेकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्