हेलम्बुमा कार्यरत शिक्षक/शिक्षिकाले आफ्नो बच्चालाई निजि विद्यालयमा पढाउन नपाइने

काठमडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सरकारी शिक्षकहरुले आफ्ना बालबालिकाहरु निजी विद्यालयमा पठनपाठन गराउन नपाउने नीति ल्याएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा यो नीति समावेश गरेको हो । गाउँपालिका भित्र कार्यरत शिक्षक/शिक्षिका लगायत विद्यालयमा कार्यरत कर्मचारीहरुले अनिवार्य रुपमा आफ्नो बच्चालाई पाएक पर्ने सरकारी विद्यालयमा अनिवार्य पठनपाठन गर्न लगाउने व्यवस्था अनिवार्य गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । यसको लागि गाउँपालिकाले अपनाउनुपर्ने ऐन कानूनहरु अविलम्ब संशोधन गरि कार्यान्वयनमा गरिने अध्यक्ष शेर्पाले उपहार खबरलाई जानकारी दिनुभयो । यस्तै गाउँपालिकाले गाउँपालिका भित्र रहेका बालविकास सहजकर्ताको तलव वृद्धि समेत गर्ने नीति अगाडी सारेको छ । ‘यस गाउँपालिका भित्रका विद्यालयहरुमा इ.सि.डि कक्षाको लागि नियुक्त भएका शिक्षकहरुको गाउँपालिकाले थप गरि १०००० उपलब्ध गराउँदै आएकोमा यस आ.व देखि ५००० थप गरि जम्मा रु १५००० उपलब्ध गराउने व्यवस्था मिलाईने छ । यसको लागि आवश्यक बजेटको व्यवस्था गरिने छ ।’ नीति तथा कार्यक्रममा भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्