होलीमा उच्छृङ्खल गतिविधि गर्ने २५ जना प्रहरीकाे नियन्त्रणमा

People throng Basantapur area to celebrate Holi, the Festival of Colours, in Kathmandu, on Wednesday, March 20, 2019. Photo: RSS

होलीमा उच्छृङ्खल गतिविधि गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार दिउँसोसम्मको विवरण अनुसार नियन्त्रणमा लिइएकामध्ये २२ जना पुरुष र ३ जना महिला छन् ।
काठमाडौंका विभिन्न स्थानबाट २५ जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेहरुलाई महाराजगञ्ज, बालाजु, कालीमाटी लगायतका प्रहरी वृत्त तथा प्रभागमा राखिएको छ ।

त्यस्तै सवारी नियम उल्लंघन गर्ने ५२ वटा २ पांग्रे सवारी र एउटा कारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । भक्तपुर र ललितपुरबाट भने अहिलेसम्म कोही पक्राउ परेका छैनन् । त्यस्तै ललितपुर प्रहरीका अनुसार पनि होली शान्तिपूर्ण रुपमा खेलिएको पाइएको छ ।
गत वर्षको तुलनामा यस पटक त्यति धेरै होलीसँग जोडिएका उच्छृङखल गतिविधिमा कमी आएको छ । गृह मन्त्रालयले महारामारीको रुपमा फैलिएको कोरोना भाइरसका प्रभावका कारण औपचारिक रुपमा नमनाउन सबैलाई आग्रह गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्