नेपाली क्रिकेट टीमका लागि विदेशी प्रशिक्षक खोज्ने काम जारी

नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले नेपाली क्रिकेट टीमका लागि विदेशी प्रशिक्षक खोज्ने काम जारी रहेको बताउनुभएको छ । सचिव प्याकुरेलले विदेशी प्रशिक्षक राख्ने विषयमा अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद्सँग कुरा भइरहेको बताउनुभयो ।

अहिले नेपाल एक दिवसीय मान्यता प्राप्त टीम भएकोले त्यसैअनुसारको प्रशिक्षकको खोजीमा संघ रहेको प्याकुरेलले बताउनुभयो । अर्को प्रसङ्गमा उहाँले नेपाली टीमको प्रदर्शनबारे समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्