चीनमा गएको २४ घण्टामा दुई महिनायताकै कम कोरोना सङ्क्रमित

चीनमा गएको २४ घण्टामा दुई महिनायताकै कम कोरोना सङ्क्रमित भेटिएका छन् । चीनमा कोरोना भाइरस फैलिएपछि जनवरी महिनादेखि दैनिक सङ्ख्या अद्यावधिक गर्न थालिएपछिकै सबैभन्दा कम मानिसमा सङ्क्रमण भएको हो । चीनमा २४ घण्टामा ४० जना नयाँ सङ्क्रमित भेटिएको बीबीसीले जनाएको छ ।

पछिल्ला दिनमा चीनमा कोरोनाका नयाँ सङ्क्रमित भेटिने क्रम घट्दै गएको छ । तर अरु देशमा फैलने क्रम भने बढिरहेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना सङ्क्रमण अहिले विश्वका एक सय ९ देशमा पुगिसकेको छ । कोरोना भाइरसका कारण एक लाख १० हजारभन्दा धेरै मानिसमा सङ्क्रमण भएको छ भने ३८ सय ३१ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । कोरोना सङ्क्रमण भएका ६२ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्