दार्चुलाको लेकम- २ मा रहेको भगवती मन्दिरमा भव्य जात्रा

दार्चुलाको लेकम गाउँपालिका वडा नं. २ मा रहेको भगवती मन्दिरमा जात्रा लागेको छ । आज विहानै देखि श्रद्धालु भक्तजनहरु दिप प्रज्वलन गर्न मन्दिर परिसरमा भरिभराउ भएका छन् । मन्दिर समितिले भक्तजनहरुलाई दिप बाल्नको लागि सहज व्यवस्थापन गरेको छ । वडा नं. २ का वडा सदस्य पदमराज जोशीका अनुसार भगवती मन्दिरमा १० हजार बढीले दिप प्रज्वलन गर्ने र हजारौँको संख्यामा जात्रा अवलोकन गर्न आउनेछन् ।

मन्दिर लेकम २ को मात्रै नभई दार्चुला जिल्लाकै ऐतिहासिक मन्दिरको रुपमा लिने गरेको पाइन्छ । हरेक कार्तिक पूर्णिमा तिथिमा लाग्ने मेलामा स्थानीय व्यापार समेत फस्टाउने गरेको छ । यस जात्रा अवधिभर पुजापाठ गर्नुका साथै विभिन्न बाँजागाँजा सहित नृत्य, देउडा खेलमा रहमाउने गर्दछन् ।

लगभग ११ आंै शताब्दितिर भारत विजय प्राप्त गरिसकेका मुस्लीम शाशकहरूले देशका कैयौँ भागमा त्यहाँ निवास गरिरहेका मानिसहरुलाइ इस्लामधर्म कबुल गर्न वा देश छोड्ने उर्दी जारी गरे । यसले ठूलै आतङ्गको रुप लियोे । वर्तमान उत्तराञ्चलराज्यको कुमाउँमा पर्ने ‘कत्यूर’ भन्ने ठाउँमा निवास गर्दै आइरहेका कैयौँ कत्युरा हिन्दुहरु मुसलवानधर्ममा जान नसकेर आफ्ना पुर्खाले मान्दै आइरहेको सनातन धर्म बचाउन महाकाली नदी पार गरी दार्चुलाको लेकम धुरामा आइ जंगली पाराले हिंसाबृत्ति वा शिकारगरी जीवनयापन गर्न थाले । हिंसाबृत्तिका कारणलेगर्दा केही महिनापछि पछि त्यहाँ अशान्ति हुनथाले पछि त्यो ठाउँछोडि ‘सिरोडा’ भन्ने ठाउँमा बसाई सरे । त्यहाँपनि दैवीय प्रभावले गर्दा अशान्ति हुनथाले पछि पुनःत्यो ठाउँसमेत छोडी हालको कुणी भन्ने स्थानमा आइ बस्न थाले । त्यहाँ पनि अचल हुँदैजादा केही कत्युराहरु त्यहाँबाट अन्यत्र गए भने केहीले आफ्नो थर र आचरण परिवर्तनगरी त्यसै ठाउँमा स्थायी बसोबासको शुरुवात गरे भन्ने इतिहास रहि आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्