काठमाडौं–१७ का वडाध्यक्ष बने कांग्रेस प्रदेश सभापति

काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी प्रदेशसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन सुरु भएको छ ।

संघीय राजधानी रहेको काठमाडौंको निर्वाचन क्षेत्र नम्बर–७ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’को नेतृत्व चयन सम्पन्न भएको छ ।

भर्खरै सार्वजनिक नतिजा अनुसार नेता प्रकाशमान सिंहनिकट नवीन मानन्धर प्रदेश सभापति बन्न सफल भएका छन् । मानन्धर काठमाडौं महानगरपालिका वडा नम्बर–१७ का वडाध्यक्ष पनि हुन् ।

क्षेत्रीय प्रतिनिधि सुशान्त आचार्यले दिएको जानकारीअनुसार उनी सर्वसम्मत सभापति बनेका हुन् । यस्तै, उपसभापतिमा भवेश्वर घिमिरे र पुरुषोत्तममान महर्जन चयन भएका छन् । दुई सचिवमा शिव बोहरा र वबलकृष्ण महर्जन चयन भएका छन् । सहसचिवमा आश्मा शाक्य चयन भएकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्