आगामी चुनावमा पुरुषहरुलाई भोट नदिउँ : नायिका रेखा थापा

काठमाडाैँ – नायिका एवम् राप्रपा संयुक्तको केन्द्रीय सदस्य रेखा थापालाई राजनीतिमा महिलालाई समिति घेरामा समेटिएको चित्त बुझेको छैन । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले संसदमा पनि महिलाहरुलाई ताली पिट्ने काममा मात्र समिति राखिएको टिप्पणी गरिन् । ’संसददेखि सडकका महिला दर्शक छन् । संसद भवनमा पनि ताली पड्काएको मात्र देख्छु । कोट लगायो लिपिस्टिक लगायो अनि ताली पड्कायो’, थापाले भनिन्, ’हामीलाई आमा–बुबाले जन्माएको ताली पड्काउन होइन । हाम्रो पनि पुरुष सरह बराबर अधिकार छ भन्ने सोच्न सकेका छैनौँ ।’

उनले महिलाहरुलाई पद किस्तिमा राखिएर दिएको भन्ने टिप्पणीमा भने आपत्ती जनाइन् । ’पुरुषले दबदबा गर्‍यो, उठ्न दिएन, दमित गर्‍यो, किस्तिमा राखेको जस्तो पद दियो भन्ने आत्म स्वाभिमान भएको महिला हो भने हामी उनीहलाई भोट नदिउँ’, थापले भनिन्, ’हामी भोट दिनका लागि मात्र जन्मिएको हो?’ थापाले भनिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्