ग्यासको अभाव नहुने भएकाले धेरै भण्डारण नगर्न निगमको अनुरोध (सूचना सहित)

काठमाण्डौ – नेपाल आयल निगमले ग्यासको अभाव नहुने भएकाले एकैपटक धेरै भण्डारण नगर्न आग्रह गरेको छ ।

निगमले एक सूचना निकालेर उपभोक्ताले ग्यास अभाव हुने डरका कारण घरमा रहेका सबै खाली सिलिण्डर भर्न खोज्दा उपभोक्ताको लाइन देखिएको भन्दै ग्यास अभाव नहुने बताएको छ ।

अहिले खाना पकाउने ग्यास उपभोगको औषत परिमाण ३८ हजार मेट्रिक टन रहेकोमा फागुन महिनादेखि ४५ हजार मेट्रिक टनका दरले आपूर्ति गर्ने व्यवस्था मिलाइसकेको निगमले बताएको छ । औषतभन्दा ७ हजार मेट्रिक टन ग्यास थप आयात हुने भएकाले बजारमा ग्यासको अभाव नहुने निगमको भनाई छ ।

अनावश्यक ग्यास भण्डार गर्दा बजारमा लाइन लाग्नुपर्ने अवस्था हुने, तथा दुर्घटनाको सम्भावना पनि बढ्ने र आपूर्ति व्यवस्था असहज हुनेहुँदा आफ्नो आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र आवश्यक बाहेक नयाँ सिलिण्डर नकिन्न पनि निगमले आग्रह गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्